arin enterprises

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

SamacharDesk – बिकाश | २०७७ पौष २१, मंगलबार

ईलाममा आफ्नै श्रीमतिको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।

देउमाई नगरपालिका–८ आमबोटे बस्ने ३३ वर्षीय सुवाश राईलाई श्रीमतिको हत्याको अभियोगमा आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

राईले घरायसी विवादको क्रममा आफ्नी श्रीमती २७ वर्षीया नम्रता राईलाई खुकुरी प्रहार गरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Categorized in अपराध