सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त
SamacharDesk | २०७८ चैत्र ३०, बुधबार

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा पुष्पराम केसीलाई नियुक्त गरेको छ ।
सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल चार वर्षे कार्यकाल सकेर सोमबार अवकास प्राप्त गरेपछि सो पद खाली रहेको छ । सरकारले आज अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) केसीलाई सशस्त्र प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।
सरकारले वरियताका आधारमा केसीलाई महानिरीक्षक नियुक्त गरेको हो । केसीको कार्यकाल भने २० दिन मात्र हुनेछ । ३० वर्षे सेवा अवधिका कारण केसीले १९ वैशाखमा अवकास पाउनुहुनेछ ।
Categorized in राष्ट्रिय