arin enterprises

सवारीमा भोलिबाट जोर बिजोर प्रणाली लागू

SamacharDesk – बिकाश | २०७७ श्रावण २१, बुधबार

लकडाउन खुलेसँगै कोरोना संक्रमितको संख्या धमाधम बढ्दै गएको अवस्थामा संक्रमण नियन्त्रणका लागि सरकारले सवारी आवागमनमा कडाई गर्ने भएको छ ।

सरकारले भोलिबाट निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ ।

गृहले सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै भोलिबाट २ सय भन्दा बढि सक्रिय केश भएका जिल्लाहरुमा सवारी साधनहरु जोर विजोर प्रणालीका आधारमा संचालन गर्न दिन भनेको छ ।

अब भोलिबाट गतेको आधारमा जोर दिनमा जोर नम्बरका र विजोर दिनमा विजोर नम्बरका सवारी साधन मात्र संचालन गर्न पाइनेछ ।

साथै यी जिल्लाहरु भित्र बेलुका ९ः०० बजेदेखि विहान ५ः०० बजेसम्म आवागमन बन्द गर्न पनि गृहले भनेको छ ।

यो निर्देशन पछि अब बेलुका ९ः०० बजेदेखि विहान ५ः०० बजेसम्म हिँड्डुल गर्न पाइने छैन ।

काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानी बाहेकका अन्य सबै सवारी साधनहरुलाई बेलुका ७ः०० बजेदेखि विहान ७ः०० बजेसम्म आवागमन निषेध गर्न गृहले निर्देशन दिएको छ ।

यसका साथै मास्क नलगाउने वा जनस्वास्थ्य मापदण्डको उल्लंघन गर्ने व्यक्तिलाई दण्ड जरीवाना गर्न पनि गृहले सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरुलाई भनेको छ । 

Categorized in राष्ट्रिय