arin enterprises

इमरान खानलाई जमानत

SamacharDesk | २०८० भाद्र १२, मंगलबार

भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

इस्लामाबाद उच्च अदालतले पाकिस्तान तहरीक–ए–इन्साफका अध्यक्षलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

इस्लामावाद उच्च अदालतले उनलाई दोषी ठहर गरेको अपिलको सुनुवाइ नभएसम्म जमानत दिएको छ। नेता खान गत वर्ष सत्ताबाट हटाएपछि उनीविरुद्ध १०० भन्दा बढी आरोपहरू लगाइएको बताएका छन्।

जसमा प्रधानमन्त्री हुँदा नेता खानले राष्ट्रलाई प्राप्त उपहार बेचेको, राज्यका गोप्य कुराहरू चुहाउने र हिंसात्मक प्रदर्शनहरू आयोजना गर्ने समावेश छ। खानले आफूमाथि लगाइएका सबै आरोप राजनीतिक रूपमा प्रेरित भएको बताउँदै आएका छन् ।

खानलाई मुद्दामा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाएको थियो । उक्त अदालतको निर्णयले उहाँलाई पाँच वर्षका लागि आम निर्वाचनमा उम्मेदवार हुन नपाउने बन्दैज पनि लगाइएको थियो ।

मुख्यन्यायाधीश आमिर फारुक र न्यायाधीश तारिक महमूद जहाँ–गिरीको इजलासले इस्लामवादको ट्रायल कोर्टको निर्णय उल्ट्याएको हो । सत्तरी वर्षीय खानलाई अर्को मुद्दामा पुनः जेल पठाउने प्रपञ्च हुनसक्ने आशङ्का उहाँका वकिलहरूले गरेका छन् ।

विपक्षी दलका धेरैले नेता खानको पक्षमा फैसला नआउने विश्वास गरेका थिए ।

Categorized in अन्तर्राष्ट्रिय