arin enterprises

विदेशमा जानेहरुले ३ दिनभित्र लाइसेन्स पाउने

SamacharDesk | २०८० पौष १२, बिहिबार

यातायात व्यवस्था विभागले विदेश जानेहरुलाई तीन दिनभित्र सवारी अनुमपति पत्र प्रदान गर्ने जनाएको छ ।

वैदेशिक रोजगारी, विदेशमा अध्ययन गर्न जाने तथा शान्ति मिसनका लागि जाने यात्रुहरुलाई विभागले तीन दिनभित्र सवारी अनुमति पत्र उपलब्ध गराउने जनाएको छ ।

विभागका अनुसार उक्त सेवा प्राप्त गर्न अनलाइनमार्पmत १५ गतेदेखि निवेदन दिन सक्ने जनाएको छ । विभागका अनुसार निवेदन स्वीकृत भएको मितिले ३ दिनभित्र स्मार्ट कार्ड प्रदान गरिनेछ ।

यस्तो कार्ड विभागको सहायता कक्षबाट वितरण हुने विभागले जनाएको छ । निवेदकले सवारी चालक अनुमति पत्रको लागि अनलाइन पोर्टलमा अपलोड गरेका कागजातको सक्कल प्रति र अनलाइन निवेदनको प्रिन्ट लिइ विभागमा जानु पर्ने सूचनामा उल्लेख छ ।

Categorized in राष्ट्रिय