arin enterprises

नेपाल घुम्न आउने पर्यटकहरुको उल्लेख्य वृद्धि

SamacharDesk | २०७९ श्रावण २०, शुक्रबार

नेपालमा पर्यटन उद्योगले विस्तारै गति लिन थालेको छ । विगत दुई वर्षमा कोरोना महामारीका कारण धरासायी भएको पर्यटन उद्योग अहिले केही समय यता विस्तारै गति लिन थालेको छ ।

नेपालमा विगत सात महिनाको अवधिमा झण्डै तीन लाख विदेशी पर्यटक भित्रिएका पर्यटन बोर्डले जनाएको छ । जनवरीदेखि जुलाई महिनासम्म हवाईमार्ग भएर दुई लाख ८५ हजार तीन सय विदेशी पर्यटक नेपाल भ्रमणमा आएका पर्यटन बोर्डले जनाएको हो ।

जुलाईमा छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी झण्डै १७ हजार ३ सय, बङ्गलादेशबाट करिब १९ सय पर्यटक भित्रिएका छन् । यस्तै चीनबाट १६ सय पर्यटक नेपाल आएका बोर्डले जनाएको छ ।

यसैगरी युरोपबाट ९ हजार बढी, मध्यपूर्वलगायत मुलुकबाट करिब ३८ सय र अमेरिकाबाट ५२ सय बढी पर्यटकले नेपाल भ्रमण गरेका तथ्यांक छ । समग्रमा एसिया र अन्य मुलुकबाट करिब ४२ सय पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो जुलाइमा ४४ हजार चार सय बढी पर्यटक आएका छन् । अघिल्लो बर्षको यसै महिनामा ५८ हजार आठ सय विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

बोर्डले छिमेकी मुलुक भारत, बंगलादेशसहित एसिया, मध्यपूर्वी एसियाका स्रोतबजारमा प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिइएको दाबी गरेको छ । प्रवद्र्धनात्मक गरिविधि उपलब्धिमूलक भएको पनि उसले जनाएको छ ।

जुलाई महिना पर्यटनका लागि अफसिजन रहे पनि पर्यटक आगमन सकारात्मक रूपमा बढिरहेको भन्दै यसले नेपालको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किएको संकेत गरेको विश्लेषण गरिएको छ ।

Categorized in बिजनेस