arin enterprises

स्वतन्त्र उम्मेदवारहरु सम्मिलित पार्टी बन्ने

SamacharDesk | २०७९ आषाढ १९, आइतबार

आउँदो स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेहरु एकै ठाउँमा भेला भएका छन् ।

हिजो ललितपुरमा भेला गरी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारको एउटा छुट्टै राजनीतिक दल घोषणाको तयारी गरेका छन ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवारी दिने घोषणा गरेकाहरुले दलको विकल्प दल नै भएकाले आगामी संसदीय चुनावमा दल नै गठन गरेर जाने विषयमा छलफल थालिएको काठमाडौ महानगरमा मेयरका पराजित उम्मेदवार सुमन सायमीले बताउनुभयो ।

उनले पार्टी भन्ने वित्तिकै अहिले जुन नैराश्यता जनमानसमा छाएको छ त्यस विषयमा जनतालाई बुझाउनुपर्ने बताउनुभयो । नीतिनिर्माण तहसम्म पुग्न एक व्यक्तिले मात्र सम्भव नहुने भएकोले पार्टीगत रुपमै जानुपर्ने कुरालाई उहाँले जोड दिनुभयो ।

अर्का स्वतन्त्र उम्मेदवार रविन्द्रकुमार श्रेष्ठले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्रहरुको दल आवश्यक छ भन्ने निष्कर्षसाथ आफू सो विशेष भेलामा सहभागी भएको बताउनुभयो ।

देशभरका स्थानीय तह निर्वाचनमा भाग लिएका तथा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेकाहरु सो विशेष भेलामा सहभागी थिए ।

Categorized in राष्ट्रिय