arin enterprises

भारतको गुनामा भएको वस दुर्घटनामा १३ जना यात्रुको जलेर मृत्यु

SamacharDesk | २०८० पौष १२, बिहिबार

भारतको मध्य प्रदेशस्थित गुनामा बस दुर्घटनामा परी १३ जनाको आगोमा जलेर मृत्यु भएको छ ।

बुधबार राति करिब ९ बजे डम्परमा बस ठोकिँदा बसमा आगलागि भएर उक्त घटना घटेको जनाइएको छ ।

अधिकारीहरुको अनुसार उक्त बसमा अति ज्वलनशील पदार्थहरु राखिएको हुनाले बस डम्परमा ठोकिनेवित्तिकै आगो लागेर उक्त घटना घटेको  भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

३२ सिटको बसमा क्षमता भन्दा बढी यात्रु राखेको जनाइएको छ । जलेर घाईते भएका यात्रुको अस्पताल लैजाँदै गर्दा र उपचारको क्रममा मृत्यु भएको हो ।

घाईते मध्ये १५ जनाको अवस्था गम्भीर रहेको जनाईएको छ । मध्यप्रदेश सरकारले मृत्यु हुने परिवारलाई ४÷४ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

Categorized in अन्तर्राष्ट्रिय