arin enterprises

न्युजिल्यान्डलाई हराउँदै भारत शीर्ष स्थानमा उक्लियो

SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक ६, सोमबार

आइसिसी एकदिवसीय विश्वकप क्रिकेट २०२३ मा आयोजक भारतसँग शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा भारतले न्युजिल्यान्डलाई चार विकेटले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

धर्मशाला स्टेडियममा भएको खेलमा न्युजिल्यान्ड २ सय ७३ रनमा अलआउट हुँदै भारतसामु २७४ रनको लक्ष्य पस्केको थियो । जुन भारतले ६ विकेटको क्षतिमा १२ बल बाँकी रहँदा नै परा गर्यो ।

भारतका लागि विराट कोहलीले सर्वाधिक ९५ रन बनाए । कप्तान रोहित शर्माले ४६ रन, शुभमन गिलले २६ रन, श्रेयस ऐयरले ३३ रन र केएल राहुलले २७ रन जोडे ।

रवीन्द्र जडेजाले अविजित रही ३९ रन बनाउँदा सूर्यकुमार यादवले दुई र मोहम्मद शमीले अविजित रही एक रन बनाए

। न्युजिल्यान्डका लोकी फग्र्युसनले दुई विकेट लिँदा ट्रेन्ट बोल्ट, म्याट हेनरी र मिचेल सेन्टनरले समान एक–एक विकेट हात पारे ।

टस हारेर पहिलो ब्याटिंग गरेको न्युजिल्यान्डका लागि डेरिल मिशेलले सर्वाधिक १ सय ३० रन बनाए । उनले १ सय ३० बलमा ९ चौका र ५ छक्का प्रहार गरेका थिए ।

रचिन रवीन्द्रले ७५ रन, ग्लेन फिलिप्सले २३ रन, विल यङले १७ रन जोड्दा अरूले दोहोरो अंक जोड्न सकेन ।

बलिङतर्फ भारतका मोहम्मद शमीले न्युजिल्यान्डको ५ विकेट लिए । कुलदिप यादवले २ तथा जसप्रित बुमराह र मोहम्मद सिराजले एक–एक विकेट लिए ।

यसअघि न्युजिल्यान्ड भने अपराजित नै थियो । यो खेलपछि न्युजिल्यान्डको पराजित यात्रामा पूणविणाम लागेको छ ।

यस्तै भारतले भने पछिल्लो २० वर्षमा पहिलो पटक आईसीसी विश्वकप प्रतियोगितामा न्युजिल्याण्डलाई हराउँदै प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।

आयोजक भारतले यस प्रतियोगिताको सबै पाँच खेल जितेर १० अंक जोडेको छ । 

भारतसँग पराजित भएसँगै न्युजिल्यान्ड दोस्रो स्थानमा, दक्षिण अफ्रिका तेस्रो र अष्ट्रेलिया चौथो स्थानमा छ ।

Categorized in स्पाेर्ट्स