arin enterprises

भारतको गुजरामात चट्याङबाट २४ को मृत्यु

SamacharDesk | २०८० मङ्सिर १२, मंगलबार

भारतको गुजरातमा राज्यमा चट्याङमा परी २४ जनाको मृत्यु भएको छ ।

भारतीय संचार माध्यमहरुका अनुसार भारी वर्षा र असिनासँगै आएको चट्याङ लागेर २४ को मृत्यु भएको जनाएको छ ।

भारी बर्षाले दर्जनौं घरहरुमा क्षति पु¥याउनुका साथै पशु चौपाया पनि मरेका छन् ।

गुजरातमा जाडो मौसम शुरु भएपछी भारी बर्षा र आँधीबेहरी सामान्य भए पनि यो बर्ष भने ठुलो मानविय क्षति भएको अधिकारीहरुले जनाएका छन् ।

जलवायु परिवर्तनका कारण उच्च तापमानले बिश्वब्यापी असर पु¥याएको भन्दै बैज्ञानिकहरुले यसको प्रभाव बिश्वब्यापी पर्न सक्ने चेतावनी दिएका छन् ।

गुजरातमा गत आइतबारबाट शुरु भएको भारी बर्षा र असिना पानी अझै केही दिन जारी रहने भन्दै मौसमबिदहरुले सचेत रहन आग्रह गरेका छन ।

त्यहाँ पछिल्लो २४ घण्टामा १ सय ४४ मिलिमिटर बर्षा भएको छ ।

Categorized in अन्तर्राष्ट्रिय