arin enterprises

भारत मध्यप्रदेशका मुख्यमन्त्रीमा कोरोना संक्रमण

SamacharDesk – विकाश | २०७७ श्रावण १०, शनिबार

भारतको मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना संक्रमण भएको छ । 

ट्वीटरमा ट्वीट गर्दै मुख्यमन्त्री चौहानले आफुलाई कोभिड १९ को संक्रमण भएको बताएका हुन् ।

ट्वीटमार्फत उनले आफुलाई कोभिड संक्रमण भएको र आफ्नो सम्पर्कमा आएकाहरुलाई कोरोना परिक्षण गर्न भनेका छन् ।

उनले ट्वीटरमा लेखेका छन् ‘मेरा प्रिय प्रदेशवासीहरु, ममा कोभिड १९  को लक्षणहरु देखिरहेको थियो, परिक्षणमा मेरो रिपोर्ट पोजेटिभ आएको छ ।’

उनले ट्वीटमा थपेका छन्, ‘मेरा सबै साथीहरुसँग अपिल छ कि जो कोही पनि मेरो सम्पर्कमा आएका छन्, तिनीहरुले आफ्नो कोरोना परिक्षण गराउनुहोला । मसँग नजिकको सम्पर्कमा भएकाहरु क्वारेन्टीनमा जानुहोला ।’

 

उनले आफुले कोभिड १९ को सबै निर्देशिकालाई पालन गर्दै गरेको र सेल्फ क्वारेन्टीनमा बस्ने बताएका छन् । 

साथै उनले समयमै उपचार गरे कोभिड १९ बाट पूर्ण रुपमा निको भइने आत्मविश्वास पनि व्यक्त गरेका छन् । 

२५ माचैबाट हरेक साँझ कोरोना संक्रमणको स्थितिको बारे समीक्षा बैठक गर्दै गरेको बताउँदै मुख्यमन्त्री चौहानले अब भिडियो कन्फ्रेन्सको माध्यमबाट यसलाई निरन्तरता दिने प्रयास गर्ने पनि बताएका छन् ।

यस अघि मध्यप्रदेशकै एक मन्त्री अरविन्द भदौरिया कोरोना संक्रमण भएर अस्पतालमा उपचाररत छन् ।

भौतिक दुरीको पालना नगरेको भन्दै मुख्यमन्त्री चौहान र उनका मन्त्रीहरुको निरन्तर आलोचना हुँदै आएको छ ।

Categorized in अन्तर्राष्ट्रिय