arin enterprises

भारतमा दुईवटा रेल आपसमा जुड्दा १३ को मृत्यु

SamacharDesk | २०८० कार्तिक १३, सोमबार

भारतको आन्द्र प्रदेशमा दुई वटा रेल एकआपसमा ठोकिएर १३ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएको छ ।

आइतबार राती आन्ध्र प्रदेशको बिजयनगर जिल्लामा बिशाखापटनम पलासा रेल अर्को यात्रु बाहक रेलसंग ठोकिएर दुर्घटना भएको हो ।

रेलको लिक ट्रया्क बाहिर गई बिपरित दिशाबाट आइरहेको रेल संग ठोकिएको हो ।

दुर्घटनाका कारण रेलको तीन वटा डब्बा क्षतिग्रस्त भएको छ । घाइते मध्ये धेरैको अवस्था गम्भीर रहेको जनाइएको छ ।

Categorized in अन्तर्राष्ट्रिय