सुरुङमा फसेका भारतीय कायमदारको १७ दिनपछि उद्धार
SamacharDesk | २०८० मङ्सिर १३, बुधबार

विगत १६ दिनदेखि भारतको उत्तराखण्डको उत्तरकाशीस्थित एक सुरुङमा फसेका ४१ जना मजदुरको १७ दिनपछि सकुशल उद्धार गरिएको छ ।
सुरुङमा कार्यरत ४१ जना कामदारहरु नजिकैको पहिरोले खसेपछि फसेका थिए । उनीहरूलाई ८०० मिमि व्यास भएको पाइपबाट निकालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
म्याराथुन इन्जिनियरिङ अभियानबाट मङ्गलबार राति विशेषरूपले पाङ्ग्राले सुसज्जित स्ट्रेचरमा ५७ मिटर (एक सय ८७ फिट) लामो स्टिल पाइपको माध्यपबाट तानेर उनीहरुको उद्धार गरिएको थियो ।
सुरुङभित्र फसेका अधिकांश मानिस आप्रवासी कामदार हुन् । उनीहरू रोजगारीको खोजीमा आफ्नो घर छाडेर उत्तरी राज्य उत्तराखण्डको सिल्कयारा सुरुङमा काम गरिरहेका थिए ।
उद्धार कार्यको सुरुमा अक्सिजन लैजानका लागि उद्धार टोली एउटा सानो पाइप जोड्न सफल भएपछि मनोबल बढेको सुरुङमा फसका एक कामदारले बताए ।
सुरुमा मुरै र बीजहरूको सानो प्याकेट पठाइएको थियो । केही दिनपछि दाल र भातको उचित खाना पठाउन ट्युबलाई चौडा बनाइयो र प्लास्टिकको बोतलमा प्याक गरेर तल पठाइएको थियो ।
उत्तराखण्ड सरकारले मजदुरको उद्धारमा प्रदेश र केन्द्र सरकारसहित सेना, विभिन्न संघसंस्था र विश्व ख्यातिप्राप्त सुरुङविज्ञको साथ रहेको जनाएको छ । अहिले उनीहरूको स्वास्थ्यको जाँच भइरहेको छ ।
इञ्जिनियरहरूले ५७ मिटर चट्टान र कंक्रिटबाट धातुको पाइप तेर्सो रूपमा पठाइरहेका बेला उक्त पाइप फलामका बिम र मेसिनहरुसँग ठोक्किंदा कामदारहरु थुनिएका थिए ।
उक्त स्थान पुग्न नौ मिटर बाँकी रहँदा बोरिङ मेसिन भाँचिएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय