arin enterprises

भारत र बेलायतबीच उडान रुचारु हुने

SamacharDesk – बिकाश | २०७७ पौष १८, शनिबार

भारत र बेलायतबीच उाँदा जनवरी ८ बाट उडान सेवा सुचारु हुने भएको छ । भारतीय केन्द्र सरकारका उड्डयन मन्त्री हरदीप सिंह पुरीले ट्वीट गर्दैै यसको पुष्टि गरेका छन् ।

पुरीले २३ जनवरीसम्म सतर्कता अपनाईँदै हप्तामा १५ उडान गरिने पनि जानकारी दिएका छन् ।

मन्त्री पुरीका अनुसार बेलायतबाट दिल्ली, मुम्बई, बेंगलोर र हैदरावादका लागि उडानहरु हुनेछन् । 

उहाँले यसबारे चाँडै नै भारतीय नागरिक उड्डन महानिर्देशनालय (डिजीसीए इन्डिया) बाट विस्तृत जानकारी सार्वजनिक हुने बताउनुभएको छ ।

बेलायतमा नयाँ प्रकारको कोरोना भाईरस देखा परेपछि दुई देशबीचको उडानमा अस्थायी रोक लगाइएको थियो ।

 

Categorized in अन्तर्राष्ट्रिय