arin enterprises

भारतको अपराजित यात्रा कायमै

SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक २०, सोमबार

आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा भारतले अपराजित यात्रा कायमै राखेको छ । आइतबार भएको खेलमा साउथ अफ्रिकालाई हराउँदै लगातार आठौं खेलमा जित निकालेर अपराजित यात्रा कायमै राखेको हो ।

यो जितसँगै भारतले १६ अंक जोडि शीर्ष स्थानमा बलियो पकड बनाएको छ । कोलकतामा भएको खेलमा दोस्रो स्थानको दक्षिण अफ्रिकालाई २४३ रनले पराजित गर्यो ।

पहिले ब्याटिङ गरेको भारतले निर्धारीत ५० ओभरमा ५ विकेटको गुमाई ३ सय २६ रन जोडेको थियो ।

भारतका लागि विराट कोहलीले सर्वाधिक नटआउट १ सय १ रन जोडी शतकीय पारी खेले । उनले १ सय २१ बलमा १० चौका प्रहार गरेका थिए । यो कोहलीको ४९औं एकदिवसीय अन्तर्राष्ट्रिय शतक हो। यससँगै कोहलीले सर्वाधिक एकदिवसीय शतक प्रहार गर्ने सचिन तेन्दुल्करको रेकर्ड बराबरी गरे ।

श्रेयस अय्यरले ७७ रन, कप्तान रोहित शर्माले ४० रन, रविन्द्र जडेजाले २९ रन, शुबमन गिलले २३ रन र सूर्यकुमार यादवले २२ रनको योगदान गरे ।

साउथ अफ्रिकाको लागि लुंगी नगिडि, मार्को जेनसेन, कगिसो रबाडा, केशव महाराज र तबरेज शम्सीले समान एक/एक विकेट लिए ।

३ सय २७ रनको लक्ष्य पछ्याएको साउथ अफ्रिका २७.१ ओभरमा ८३ रनमै अलआउट भयो। उसका लागि मार्को जानसेनले सबैभन्दा बढी १४ रन बनाए ।

साउथ अफ्रिकालाई सस्तैमा समेत्ने क्रममा रविन्द्र जडेजाले ५ विकेट लिए। उनले ९ ओभरमा १ मेडन राख्दा ३३ रन खर्चिए।

मोहमद सामी र कुलदिप यादवले २–२ विकेट र मोहम्मद सिराजले १ विकेट लिए ।

यो विश्वकपमा साउथ अफ्रिकाको यो दोस्रो हार हो । उसले ८ खेलमा १२ अंक जोड्डै दोस्रो स्थानमा यथावत रहेको छ ।

Categorized in स्पाेर्ट्स