भारतीय फिल्ममेकर बर्वेको कार्यशाला नेपालमा हुँदै
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ चैत्र १, बुधबार

भारतीय फिल्ममेकर तथा पूर्व फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया, पुणेका एसोसिएट प्रोफेसर अनुपम बर्वेबाट नेपालमा पटकथा लेखन र निर्देशन विषयमा कार्यशाला हुने भएको छ ।
चलचित्र विकास बोर्डले आगामी चैत्र ३ देखि ५ गतेसम्म बर्वेबाट सो कार्यशालाको आयोजना गर्न लागेको हो ।
बोर्डको चालु आर्थिक बर्षको स्वीकृत कार्यक्रम अन्तर्गत कार्यशाला आयोजना गर्न लागिएको हो । कार्यशालामा सहभागि हुन कुनै शुल्क नलाग्ने बोर्डले जनाएको छ ।
कार्यशालामा सहभागि हुन बोर्डको वेबसाइट अथवा सोसल प्रोफाईलमार्फत अनलाइन फारम भर्न अथवा ९८४१२९२४७१ नम्बरमा सम्पर्क गरेर आफ्नो नाम टिपाउन बोर्डले आग्रह गरेको छ ।
विभिन्न पुरस्कार विजेत बर्वे भारतको पुणे स्थित चलचित्र र थिएटर निर्देशक र चलचित्र शिक्षक हुन् । उनले पुणे विश्वविद्यालय पर्फमिङ्ग आर्टमा स्नातक र लण्डनको वेस्टमिन्स्टर विश्वविद्यालयबाट फिल्म तथा टेलिभिजन निर्देशनमा स्नातकोत्तर गरेका छन् ।
हाल उनी यास्मिना रेजाको ‘गड अफ कार्नेज’ को मराठी रूपान्तरण नाटक ‘उछाड’ को निर्देशनमा व्यस्त छन् ।
उनले ‘सो ह्वाट’बाट उनले स्मिता पाटिल फिल्म फेस्टिभल, पुणेमा उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् ।
Categorized in पेजथ्री