arin enterprises

भारतको छत्तिसगढमा २९ नक्सलवादीहरु मारिए

SamacharDesk | २०८१ बैशाख ५, बुधबार

भारतको छत्तीसगढमा मंगलबार भएको भिडन्तमा २९ जना माओवादी मारिएको भारतीय प्रहरीले दाबी गरेको छ ।

भारतीय प्रहरी, गृहमन्त्री तथा मूख्यमन्त्रीले माओवादी नक्सवादीविरुद्ध अहिलेसम्मकै सबैभन्दा ठूलो सफता भनेका छन् । हिजो मंगलबार दिउँसो छत्तीसगढको माओवादी प्रभावित क्षेत्र कांकेरको छोटेबेटिया क्षेत्रमा प्रहरी र माओवादी (नक्सलवादी) बीच भिडन्त भएको थियो ।

भारतीय प्रहरीले सुरुमा १८ जना नक्सवादीको सफाया गरेको बताए पनि पछि एक विज्ञप्ति जारी गर्दै २९ जना माओवादी नक्सवादीहरुको शव बरामद भएको र ३ जना प्रहरी घाइते भएको जनाएको थियो ।

बस्तर क्षेत्रमा १९ अप्रिलमा लोक सभा निर्वाचन हुनुअघि माओवादीहरु मारिएका हुन् । लोक सभा चुनाव बहिस्कार गर्न माओवादीले अपिल गरेको थियो ।

भारतको केन्द्रीय गृहमन्त्री अमित शाहले छत्तीसगढमा माओवादीलाई मार्न सफल भएको भन्दै प्रहरीलाई बधाई दिएका छन् ।  उनले भारत छिट्टै नक्सलवादीबाट मुक्त हुने पनि बताएका छन् ।

भारतीय प्रहरीका अनुसार प्रहरी कारबाहीमा माओवादी नक्सलवादीका नेताहरु शंकर राव, ललिता माडवीसहित २९ जना माओवादीहरु मारिएका छन् ।

भारत सरकारले शंकर राव र ललिता माडवीको टाउकोको मूल्य २५(२५ लाख भारतीय रुपैयाँ तोकेको थियो ।

Categorized in अन्तर्राष्ट्रिय