arin enterprises

चर्चित गजल गायक पंकज उदासको निधन

SamacharDesk – समाचारडेस्क | २०८० फाल्गुण १४, सोमबार

भारतका चर्चित गजल गायक पंकज उदासको मृत्यु भएको छ । ७२ वर्षीय गायक उदासको सोमबार मृत्यु भएको हो ।

लामो समयदेखि अस्वस्थ्य रहँदै आएका उदासको उपचारको क्रममा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा सोमबार बिहान ११ बजे निधन भएको भारतीय संचारमाध्यमले जनाएको छ ।

उदासको जन्म सन् १९५१ १७ मे मा गुजरातको जेतपुरमा भएको थियो । आमाबुबाका तीन छोरा मध्ये उदास कान्छा छोरा हुन् ।

सन् १९८० मा रिलिज भएको ’आहत’ एल्बम उनको पहिलो गजल एल्बम थियो ।

पंकज उदासको नाम लिने बित्तिकै नाम चलचित्रको चिठ्ठी आई है गीत सबैले सम्झिने गर्छन् । साथमा सन् १९९४ मा रिलिज भएको चलचित्र मोहरामा साधना सरगमसँगको उनको युगल गीत ‘ना कजरेकी धार’ पनि निकै चर्चित गीत हो ।

उनको मुकर्रर, तरन्नुम, सगुफ्ता, याद, हसरत, शायर लगायत दुई दर्जन बढि एल्बम रिलिज भएका छन् ।

उनले सन् २००६ मा पद्मश्री पुरस्कार प्राप्त गरेका थिए ।

Categorized in पेजथ्री