arin enterprises

थाइल्यान्डबाट आयो ईन्द्रजात्राको बृत्तचित्र

SamacharDesk – बिराज | २०७८ आश्विन २, शनिबार

थाइल्यान्डको ३६५ वर्ल्ड च्यानलले निर्माण गरेको ईन्द्रजात्रा सम्वन्धि बृत्तचित्र सार्वजनिक भएको छ ।

च्यानलले शुक्रबार साँझ आफ्नै युट्युब च्यानलमार्फत बृत्तचित्र ‘अ फेस्टिभल अफ गड अफ रेन, ईन्द्र’ सार्वजनिक गरेको हो । सो बृत्तचित्र त्यानलले नेपाल पर्यटन बोर्डको सहकार्यमा बनाएको हो ।

च्यानलले बुधबार मात्रै भिडियो प्रोमो सार्वजनिक गरेको थियो भने त्यसको दुई दिन पछि शुक्रबार बृत्तचित्र सार्वजनिक गरेको छ ।

३ मिनेट ५४ सेकेन्ड लामो बृत्तचित्रको कुमारीको रथ जात्राको साथमा इन्द्र, पुलुकिसि, लाखय् सवःभकु, समयबजि आदी लगायतको ईन्द्रजात्रासँग सम्वन्धित परम्परा र संस्कृतिबारे संक्षिप्त जानकारीहरु समावेश गरिएको छ ।

बृत्तचित्रमा थाइ भाषाबाट स्क्रीप्ट लेखनको साथमा सबटाइटल सुवानी चन्दानोएङपोङको रहेको छ भने अँग्रेजीमा स्क्रीप्ट लेखन सलिना श्री राज मल्लले गरेका छन् । त्यस्तै स्टील फोटोग्राफी जीना मास्केको रहेको छ भने बृत्तचित्रका आर्ट डाइरेक्टर पिचाइ कुमोनपोन हुन् ।

कान्फानिट श्रीमोनथोकको संयोजनमा बनेको बृत्तचित्रको निर्माता पाक्नापात श्रीमोनथोकले दृश्य सम्पादन समेत गरेकि छन् । बृत्तचित्रको निर्माणका लागि नेपालबाट गरिनुपर्ने समन्वय थाइल्यान्डका लागि नेपाल पर्यटन बोर्डका पर्यटन दूत चिरन शाक्यले गरेका छन् ।

Categorized in पेजथ्री