इन्ड्राइभको सेवा आधिकारिक रूपमा शुरु
SamacharDesk | २०८१ बैशाख २५, मंगलबार

ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभले नेपालमा औपचारिक रूपमा आफ्नो सेवाको शुरुवात गरेको छ ।
इन्ड्राइभले न्यूनतम कमिशन लिएर पारदर्शी सेवा प्रदान गर्ने कम्पनीले बताएको छ । नेपालमा चालक र यात्रु दुवैका लागि निष्पक्ष र किफायती यात्रा सुनिश्चित गर्न इन्ड्राइभले चालकका लागि १०% सम्म कमिशन शुल्क लागू गरेको छ ।
पिपुल–टु–पिपुल मोडेल र ह्युमन ड्रिभन एप्रोचको सिष्टमले गर्दा इन्ड्राइभ एपको लोकप्रियता बढ्दै गएको कम्पनीको ठहर छ । इन्ड्राइभमा यात्रु र चालक दुबैलाई स्वतन्त्र रूपमा सवारीको भाडा बार्गेन गर्न सकिने सुविधा उपलब्ध छ ।
जसले यात्रुहरुलाई आफ्नो सवारीको भाडा निर्धारण गर्न र चालकसँग सीधै एप भित्रै बार्गेन गर्ने स्वतन्त्रता दिएको कम्पनीको ठहर छ ।
इन्ड्राइभ एपमा यात्रुहरूले आफ्नो सवारीको लागि आँफै भाडा प्रस्ताव गर्न सक्नुको साथै सवारी साधनको मोडेल, चालकको रेटिङ र चालक आउन लाग्ने समयको आधारमा कुनै एउटा चालकको राइड अफर लिन सक्छन् ।
यो नयाँँ प्रणालीले चालकहरूलाई पनि आफूलाई उपयुक्त हुने राइड रिक्वेस्ट लिन, आफ्नै मूल्य राख्न र आफ्नो सहजता अनुसार राइड असेप्ट गर्ने अधिकार दिएको कम्पनीले जनाएको छ ।
काठमाडौँमा इन्ड्राइभका सेवाहरु ट्याक्सी, मोटरसाइकल, डेलिभरी तथा अन्तर–शहर यात्रा(सिटी टु सिटी)राइड उपलब्ध रहेको छ ।
Categorized in बिजनेस