भारतको औषधी कारखानामा विस्फोट हुँदा १७ को मृत्यु
SamacharDesk | २०८१ भाद्र ६, बिहिबार

भारत आन्ध्रप्रदेशको एउटा औषधी बनाउने कारखानामा विस्फोट हुदाँ १७ जनाको मृत्यु भएको छ ।
आन्ध्रप्रदेशको अनाकपल्ली जिल्लाको अच्युतपुरम फर्मा कारखानामा विस्फोटमा हुँदा अन्य ४० जना बढी घाइते भएको भारतीयसंचारमाध्यमहरुले जनाएका छन् ।
विस्फोट हुँदा उद्योगमा ३८१ जना कर्मचारी कार्यरत थिए । खाना र विश्रामको समय विस्फोट भएको हुँदा ठूलो मानवीय क्षति हुनबाट जोगिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
उद्धारकर्मीहरूले कारखानामा रहेका १३ जनाको भने जिवितै उद्धार गरेका छन् । घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।
प्रत्यक्षदर्शीले पहिले कम्पनीको रिएक्टर नजिकै आगो देखेपछि ठूलो विष्फोट भएको बताए । विष्फोटले भवनको पहिलो तल्लाको स्ल्याब भत्किएको छ ।
यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले आन्द्रप्रदेशमा भएको दुर्घटनाप्रति दुख ब्यक्त गदै मृत्यु भएकाहरुप्रति समबेदना प्रकट गर्नुभएको छ ।
साथै मृतकका परिवारलाई प्रतिव्यक्ति २ लाख , घाइतेहरुलाई ५० हजार रुपैया क्षतिपुर्ति दिने घोषणा गर्नुभएको छ ।
उता आन्ध्रप्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले अच्युतपुरम फर्मा कम्पनीमा भएको दुर्घटनाबारे उच्चस्थरिय छानवीन गर्न आदेश दिनभएको छ ।
Categorized in अन्तर्राष्ट्रिय