arin enterprises

इन्टर मिलान र सास्सुओलोको बराबरी, एटलान्टासँग लाजियो पराजित

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ ११, बिहिबार

इटालियन सिरि ‘ए’ अन्तर्गत बुधबार राति इन्टर मिलान र सास्सुओलो बराबरीमा रोकिँदा लाजियोले एटलान्टासँग हार व्यहोरेको छ ।

इन्टर मिलानको घरेलु मैदान ज्युसेप मेजामा भएको खेलमा इन्टरमिलान र सास्सुओलोले ३–३ गोलको बराबरी खेलेका छन् ।

निकै प्रतिस्पर्धात्मक खेलमा अग्रता भने सास्सुओलोले लिएको थियो । सास्सुओलोको लागि खेलको ७ औं मिनेटमै फ्रान्सिस्को क्यापुटोले पहिलो गोल गरे ।

४१ औं मिनेटमा इन्टर मिलानले पाएको पेनाल्टीलाई रोमेलो लुकाकुले गोलमा परिणत गर्दै खेललाई बराबरीमा ल्याए ।

क्रिस्टियानो बिराघीले इन्टर मिलानको लागि पहिलो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गर्दै मिलानलाई २(१ ले अग्रता दिलाए ।

खेलको ८१ औं मिनेटमा सास्सुओलोले पेनाल्टी पायो । डोमिनिको बेराडीले पेनाल्टीको सदुपयोग गर्दै गोल थपेपछि फेरी खेल २–२ को बराबरीमा आयो ।

त्यस्तै बोर्जा भालेरो ८६औं मिनेटमा गोल गरेपछि इन्टर मिलानले पुनः अग्रता लिए । तर जियानियाकोमो म्याग्निले सास्सुओलोको लागि ८९औं मिनेटमा गोल गर्दै खेललाई ३(३ गोलको बराबरीमा ल्याए ।

मिलन स्क्रिनियार दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा रातो कार्ड पाउँदै मैदानबाट बाहिरीएपछि इन्टर मिलान १० जना खेलाडिमा सिमित भएको थियो ।

बुधबार रातीको अर्को खेलमा एटलान्टाले लाजियोलाई एटलान्टाले हराएको छ । 

दोस्रो स्थानको लाजियोलाई चौथो स्थानको एटलान्टाले ३(२ ले हराएको हो ।

खेलको पहिलो हाफको ७ औं एटलान्टाको मार्टेन डे रूनले आफ्नै पोस्टमा गोल गरेपछि लाजियोलाई फाइदा पुगेको थियो । 

सर्गेज मलिन्कोभिक सेविकले ११ औं मिनेटमा लाजियोको लागि दोस्रो गोल गरे ।

त्यस्तै एटलान्टाको लागि रोबिन गोसेन्स्ले ३८ औं मिनेटमा, रुस्लान मालिनोभस्कीले ६६ औं मिनेटमा र जोस लुइस पालोमिनो ८० औं मिनेटमा गोल गरेका थिए ।

अर्को खेलमा भने रोमले सम्पडोरियालाई २(१ले हराएको छ ।

लिगमा दोस्रो स्थानको लाजियोको २७ खेलबाट ६२ अंक छ ।

तेस्रो स्थानको इन्टर मिलानको २७ खेलबाट ५८ अंक छ । चौथौ स्थानको एटलान्टाको २७ खेलबाट ५४ अंक छ भने रोम २७ खेलमा ४८ अंक बटुल्दै पाँचौ स्थानमा छ ।    

शीर्ष स्थानमा युभेन्ट्सको २७ खेलमा ६६ अंक छ । 

Categorized in स्पाेर्ट्स