फ्रान्समा फेरी लकडाउन
SamacharDesk – बिकाश | २०७७ पौष १, बुधबार

फ्रान्समा फेरी लकडाउन जारी गरिएको छ । एकै दिनमा ७ सय बढीको कोरोनाका कारण मृत्यु भएपछि आउँदो जनवरी २४ सम्मका लागि लकडाउन जारी गरिएको हो ।
पछिल्लो समय फ्रान्समा संक्रमण दर बढ्दै गएको छ ।
क्रिसमसमा कोरोना संक्रमण अझ फैलिनसक्ने सम्भावनालाई मध्यनजर गरेर पनि फ्रान्समा लकडाउन जारी गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
फ्रान्सेली प्रशासनले महामारीको समयमा घरमै बसी सुरक्षित रुपमा क्रिसमस मनाउन पनि आग्रह गरेको छ ।
लकडाउन जारी भएसँगै होटल, बार तथा रेष्टुरेन्टहरु बन्द गरिएको छ भने सर्वसाधारणलाई आवतजावतमा रोक लगाइएको छ ।
Categorized in अन्तर्राष्ट्रिय