बाइडेनले लिए कोरोना खोपको पहिलो डोज
SamacharDesk – बिकाश | २०७७ पौष ७, मंगलबार

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोना भ्याक्सिनको पहिलो डोज लिनुभएको छ । टेलिभिजन लाइभमा बाइडेनले कोरोनाविरुद्धको खोपको पहिलो डोज लिनुभएको हो ।
भ्याक्सिन लिइसकेपछि बाइडेन टिभि लाइभमा कोरोनाको भ्याक्सिन उपलब्ध भएपछि सबैले खोप लिन आग्रह गरे ।
साथै उनले कोरोना भ्याक्सिन कार्यक्रम शुरुवातको श्रेय ट्रम्प प्रशासनलाई दिनुपर्ने समेत बताएका छन् ।
बाइडनले आफ्नी पत्नी जिल बाइडनले पनि भ्याक्सिनको पहिलो डोज लिएको जानकारी गराए ।
ट्वीटरमा ट्वीट पनि गर्दै बाइडेनले भ्याक्सिन लिन कुनै संकोच नलिन आग्रह गर्दै निरन्तर अग्रपंक्तिमा रहेर खटिएका वैज्ञानिक र अनुसन्धाताहरुलाई धन्यवाद दिए ।
Today, I received the COVID-19 vaccine.
— Joe Biden (@JoeBiden) December 22, 2020
To the scientists and researchers who worked tirelessly to make this possible — thank you. We owe you an awful lot.
And to the American people — know there is nothing to worry about. When the vaccine is available, I urge you to take it. pic.twitter.com/QBtB620i2V
बाइडनभन्दा अघि उप राष्ट्रपति माइक पेन्स र हाउस अफ रिप्रेजेन्टेटिभ्सकी सभामुख नैन्सी पेलोसी ले पनि कोरोनाविरुद्धको भ्याक्सिनको पहिलो डोज लिइसकेका छन् ।
बाइडन टीमले व्हाइट हाउस प्रशासनको पहिलो सय दिनको क्रममा अमेरिकामा १० करोड जनालाई भ्याक्सिन दिने लक्ष्य लिएको छ । अमेरिकामा अहिलेसम्म ५ लाख जनाले कोरोनाविरुद्ध भ्याक्सिनको पहिलो लिइसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
हालै मात्र अमेरिकाले फाइजरको भ्याक्सिनको प्रयोगको लागि अनुमति दिएको थियो । अब यहाँ कोरोनाको मोडेर्नाको दोश्रो भ्याक्सिन पनि दिइने बताइएको छ ।
कोरोना महामारीबाट सबैभन्दा प्रभावित अमेरीकामा हालसम्म करीब एक करोड ८४ लाख ७४ हजार जना संक्रमित भइसके भने ३ लाख २६ हजार ७ सय ७२ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।
Categorized in अन्तर्राष्ट्रिय