arin enterprises

अन्ततः इयू र बेलायतबीच व्यापार सम्झौता भयो

SamacharDesk – बिकाश | २०७७ पौष ९, बिहिबार

अन्ततः यूरोपीय यूनियन र बेलायतबीच ’पोस्ट–ब्रेग्जिट डील’ भएको छ । इयू र बेलायतबीच व्यापार सम्झौता जारी राख्ने सहमति भएसँगै माछा मार्ने र भविष्यमा व्यापार सम्बन्धी नियमहरुमा महिनौंदेखि चल्दै आएको विमतीको अन्त भएको छ ।

इयू र बेलायतबीच ब्रेक्जिटपछिको व्यापार सम्झौतालाई लिएर गत मार्चदेखि वार्ता हुँदै आएको थियो ।

इयूकी प्रमुख उरसुला वोन डेर लायनले अन्ततः यो सम्झौता भएकोमा सन्तोष व्यक्त गर्दै आफुहरुले निष्पक्ष र सन्तुलित रहेको राम्रो सम्झौता गरेको बताइन् ।

‘माछा उद्योगको लागि साढे पाँच वर्षको ट्रान्जेसन पीरियड हुनेछ र जलवायु परिवर्तन, ऊर्जा, सुरक्षा र पारवहन जस्ता मुद्दामा आपसी सहयोगी जारी रहनेछ’ इयू प्रमुख लायनले भनेकी छन् ।

यस्तो कुनै समझौता बिना इयूबाट अलग भएमा अर्को दुई वर्ष बेलायतको राष्ट्रीय आय दुई प्रतिशतसम्म घट्ने र ठुलो संख्याका मानिसहरुले रोजगार गुमाउने सम्भावना रहेको बीबीसीले जनाएको छ ।

Categorized in अन्तर्राष्ट्रिय