arin enterprises

क्रिस्टमसमा अमेरीकाको नैशविलमा विष्फोट

SamacharDesk – बिराज | २०७७ पौष ११, शनिबार

क्रिस्टमसको एकाविहानै अमेरिकाको टेनेसी प्रान्तका नैशविल शहरमा विष्फोट भएको छ । स्थानीय समय अनुसार विहानको करीब ६ बजेतिर विष्फोट भएको हो ।

विष्फोट पछि सिटी सेन्टरको माथि धुवाँको मुस्लो देखिएको थियो ।

अग्नि नियन्त्रकहरुले विष्फोटमा घाइते ३ जनालाई अस्पताल लगिएको र सबैको अवस्था सामान्य रहेको बताएका छन् ।

स्थानीय प्रहरी प्रवक्ता डन आरनले अहिलेसम्मको अनुसन्धानमा विष्फोट दुर्घटनावश भएको नभई जानाजानी गराइएको देखिएको बताएका छन् । विहान ६ बजेतिर गोलीको आवाज सुनिएको गुनासो आएको पनि बताएका छन् ।

बम निस्क्रिय बनाउने टोली घटनास्थल पुग्दा त्यहाँ एक शंकास्पद वाहन देखिएको र त्यसको केही समयपछि विष्फोट भएको प्रहरी प्रवक्ता आरनले बताए ।

यूट्यूबमा पोस्ट गरिएको सीसीटीवी फुटेजमा विष्फोटको केही समय अगाडी उक्त स्थान तुरन्त खाली गर्न घोषणा गरिएको दृश्य देखिएको छ ।

विष्फोटबाट आसपासका घरहरुमा झ्यालको सिसा फुटेको बीबीसीले जनाएको छ ।

नैशविल शहर यहाँको रेस्टुराँ र नाइटलाइफको लागि प्रशिद्ध छ ।

टेनेसी प्रान्तका गभर्नर बिल लीले ट्वीट गर्दै घटनाको आवश्यक अनुसन्धानको लागि हर सम्भव संसाधन उपलब्ध गराउने बताएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय