अमेरीकामा कोरोनाविरुद्धको खोप वितरण शुरु
SamacharDesk – बिकाश | २०७७ मङ्सिर ३०, मंगलबार

अमेरिकामा हिजोबाट कोरोना भाइरसविरुद्धको खोप दिन सुरु गरिएको छ । पहिलो चरणमा कोरोना जोखिमका बीच अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुलाई खोप वितरण शुरु गरिएको हो ।
यसैक्रममा आइसीयूमा सेवा दिँदै आएकि न्यूयोर्कको लोन्ग आइल्याण्डकी एक नर्सलाई पहिलो खोप दिँदै खोप वितरण शुरु गरिएको छ ।
अमेरिकाले फाइजरको खोप प्रयोगमा ल्याएको हो । यो खोप ९५ प्रतिशत सुरक्षित रहेको बताइन्छ ।
ब्रिटेनमा यो खोपलाई पहिल्यै अनुमति दिइएको थियो । व्रिटेन र बहराइनले यो खोपलाई पहिल्यै मान्यता दिइसकेको छ ।
सोमबार एक सय ५० वटा अस्पतालमा यो भ्याक्सिन दिइएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
अमेरीकाले सन् २०२१ को अप्रिल महिनासम्म १० करोड जनालाई खोप दिने लक्ष्य राखेको बताइएको छ ।
कोरोना संक्रमणबाट सबैभन्दा बढि प्रभावित मूलुक अमेरीकामा हालसम्म एक करोड ६९ लाख ४३ हजार जना संक्रमित भइसकेका छन् भने ३ लाख ८ हजार ९१ जनाको मृत्यु भइसक्यो ।
९८ लाख ७२ हजार जनाले भने कोरोना भाईरसलाई हराई निको भइसकेका छन् ।
Categorized in अन्तर्राष्ट्रिय