जर्मनीमा पनि फेरी लकडाउन
SamacharDesk – इन्टरनेशनल ब्यूरो डेस्क | २०७७ पौष १, बुधबार

कोरोना संक्रमण बढ्दै गएसँगै जर्मनीमा पनि फेरी लकडाउन जारी गरिएको छ । जर्मनी प्रशासनले आउँदो २०२१ जनवरी १० सम्मका लागि लकडाउन जारी गरेको हो ।
लकडाउन जारी भएसँगै स्कूल र अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको छ । लकडाउन अवधिमा सुपरमार्केट र बैंकहरुमा मात्र खुल्ने बताइएको छ ।
तर क्रिसमसको अवसरमा भने जर्मनीमा लकडाउन केही खुकुलो हुने बताइएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार एउटा घरमा परिवारका नजिकका चार सदस्यका साथ क्रिसमस मनाउन सकिनेछ ।
जर्मनीमा हिजो मात्रै १४ हजार ४ सय ३२ जनामा संंक्रमण पुष्टि भएको थियो भने ५ सय जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो ।
नेदरल्यान्ड्समा पनि पाँच हप्ताको लागि लकडाउन घोषणा गरिएको छ । तर क्रिसमसमा भने तीन दिनको लागि लकडाउनमा छूट दिइने बताइएको छ ।
साथै इटालीमा पनि कोरोनाका कारण दैनिक मृत्युको संख्या ५ सयको हाराहारीमा रहँदा ईटाली प्रशासनले प्रतिवन्धको नियमलाई थप कडा बनाउने योजना बनाउँदै छ ।
Categorized in अन्तर्राष्ट्रिय