arin enterprises

एन्टार्टीकामा पनि देखियो कोरोना

SamacharDesk – बिराज | २०७७ पौष ८, बुधबार

एन्टार्टिकामा पनि कोरोना भाईरस (कोभिड १९) देखिएको छ । अन्टार्टिकामा रहेका चिली सेनाका अनुसार त्यहाँ भएको उनीहरुको बर्नार्डो ओहिगिन्स रिसर्च स्टेशनमा कोभिड १९ देखिएको हो ।

उक्त स्टेशमा ३६ जनामा कोभिड संक्रमण देखिएको बताइएको छ । तीमध्ये २६ जना सैनिक हुन् भने १० जना प्राविधिकहरु हुन् ।

ती सबैलाई चिली बोलाइएको बीबीसीले जनाएको छ ।

केही दिन अघिमात्रै चिलीको नौसेनाले रिसर्च स्टेशनमा सप्लाई र मानिसहरुलाई ल्याउने एउटा जहाजमा ३ जनामा कोरोना पोजेटिभ देखिएको पुष्टि गरेको थियो । सरहेन्तो आल्दिया नामक उक्त जहाज २७ नोभम्वरमा रिसर्च पुगेको थियो भने १० डिसेम्बरमा चिली फर्केको थियो ।

चिलीको टेलकुआनो शहरमा नौसेना बेस पुगेपछि यस जहाजका तीन जना सदस्य कोरोना पोजेटिभ पाइएको हो ।

चिली ल्याटिन अमेरिकामा कोरोना भाईरसबाट प्रभावित छैठौं मूलुक हो । यहाँ अहिलेसम्ममा करीब ५ लाख ९० हजार जनालाई कोरोना संक्रमण भइसकेको छ ।

अहिलेसम्म अन्टार्टीका महोदशमात्रै कोरोना भाईरसबाट अछुटो रहेको थियो । अब यहाँ पनि यो भाईरस देखिएसँगै सातै महादेशमा कोरोना भाईरसले प्रवेश गरेको छ ।

Categorized in अन्तर्राष्ट्रिय