arin enterprises

फ्रान्समा पनि देखियो नयाँ प्रकारको कोरोनाभाईरस

SamacharDesk – बिराज | २०७७ पौष ११, शनिबार

फ्रान्समा पनि देखियो कोरोनाको नयाँ प्रकारको भाईरस फ्रान्समा पनि कोरोनाको नयाँ प्रकारको भाईरस देखिएको छ ।

फ्रान्सेली स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ प्रकारको कोरोना भाईरसबाट संक्रमित फ्रान्सको टुअर्स सहरका वासिन्दा हुन् ।

तिनीहरु १९ डिसेम्बरका दिन बेलायतबाट फ्रान्स फर्केका हुन् । संक्रमित व्यक्तिहरुमा कुनै लक्षण नदेखिएको र होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

बेलायतमा नयाँ प्रकारको कोरोना भाईरस देखिएपछि ४० भन्दा बढि देशले बेलायत यात्रामा प्रतिवन्ध लगाइसकेको छ ।

दक्षिण अफ्रिकामा पनि यो नयाँ प्रकारको भाईरस देखा परिसकेको छ ।

Categorized in अन्तर्राष्ट्रिय