arin enterprises

ब्रिटेनमा नयाँ प्रकारको कोरोना भाइरस पाइयो

SamacharDesk – इन्टरनेशनल ब्यूरो डेस्क | २०७७ पौष १, बुधबार

ब्रिटेनका केही क्षेत्रमा कोरोना भाइरसको नयाँ प्रकार भेटिएको बताइएको छ । ब्रिटेनमा पाइएको नयाँ प्रकारको कोरोना भाईरस तीव्र गतिमा फैलिरहेको बिबिसिले जनाएको छ ।

स्वास्थ्यमन्त्री मैट हैंककले कम्तीमा ६० अलग अलग स्थानीय प्रशासनया नयाँ प्रकारको कोभिड संक्रमणको केस देखिएको बताए ।

‘हामीले यो नयाँ प्रकारको भाईरस संक्रमणको हजारभन्दा बढि केस भेट्टाएका छौं, जुन खास गरी ईङ्गल्यान्डको दक्षिणी क्षेत्रबाट देखिएका छन्’ स्वास्थ्यमन्त्री हैंककले भनेका छन् ।

विश्व स्वास्थ्य संगठनले यसलाई अधिसूचित गरिसकेको र ब्रिटेनका वैज्ञानिकहरुले यसमा विस्तृत अध्ययन गरिरहेको पनि मन्त्री हैंककले बताए ।

उनले स्थिती अझ विग्रिन सक्ने र यसमा भ्याक्सिनले समेत काम नगर्न सक्ने चेतावनी समेत दिए ।

गत साता लन्डन, केन्ट, एसेक्स र हर्टफोर्डशायरका क्षेत्रमा कोरोना भाइरस संक्रमण तीव्र गतीले फैलिएको बताइएको छ । 

Categorized in अन्तर्राष्ट्रिय