arin enterprises

साउदी राजकुमारले गरे इजरायलको कडा आलोचना

SamacharDesk – श्रोत : बिबिसी | २०७७ मङ्सिर २२, सोमबार

साउदी अरबका राजकुमार तुर्की अल फैसलले इजरायलको कडा आलोचना गरेका छन् ।

आइतबार भएको बहराइन सेक्युरिटी समिटमा राजकुमार फैजलले ’इजरायलले परमाणु हथियारको अघोषित भण्डारन र साउदी अरबलाई इजरायली सरकारले कमजोर बनाउने कोशिश गरेको भन्दै इजरायलको आलोचना गरेका हुन् ।

सम्मेलनमा बोल्दै राजकुमारी फैजलले भने, ‘इजरायलले सुरक्षाको कारण देखाइ प्यालिस्टिनीहरुलाई वन्दी बनाएका छन्, जहाँ ज्येष्ठ नागरिक र महिलाहरु थुनिएका छने । उनीहरुलाई घर भत्काइरहेका छन् र जसलाई मनलाग्यो, त्यसलाई मारीरहेका छन् ।’

सो सम्मेलनमा इजरायलका विदेशमंत्री गाबी अशकेनाजी अनलाइनमाध्मयबाट सहभागी थिए । राजकुमार फैजलको यो टिप्पणीपछि इजरायल अचम्भित भएको बताइएको छ ।

राजकुमार फैजलको टिप्पणीको खण्डन गर्दै इजरायली विदेशमंत्री अशकेनाजीले शान्ति सम्झौता नहुनुमा प्यालेस्टिनी नै जिम्मेवार रहेको बताए ।

Categorized in अन्तर्राष्ट्रिय