लिबियाली सांसदको कोरोनाका कारण मोरोक्कोमा मृत्यु
SamacharDesk – बिकाश | २०७७ मङ्सिर २९, सोमबार

एक लिबियाली सांसदको मोरोक्कोमा कोरोना संक्रमणका कारण मृत्यु भएको छ । लिबियाका सांसद ओमर गार्मिलको कोरोनाभाईरस (कोभिड १९) संक्रमणका कारणले मृत्यु भएको हो ।
सांसद ओमर मोरक्कोस्थित एक अस्पतालमा उपचाररत थिए । उपचारकै क्रममा ओमरको मत्यु भएको हो ।
करीब एक हप्ता अगाडी उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि हुनु अघि उनी नोभेम्बरको अन्त्यतिर तान्जायर्समा सम्पन्न एउटा बैठकमा सहभाग भएको बताइएको छ ।
अहिलेसम्मको तथ्याङ्क अनुसार लिबियामा ९१ हजार बढिलाई कोरोना संक्रमण भइसकेको छ भने एक हजार ३ सय बढिको मृत्यु भएको छ । ६१ हजार ४ सय ५३ जना संक्रमितले भने संक्रमणलाई जितिसकेका छन् ।
Categorized in अन्तर्राष्ट्रिय