arin enterprises

आज मे १२, विश्व नर्सिङ दिवस

SamacharDesk – शिवेश शर्मा | २०७७ बैशाख ३०, मंगलबार

आज मे १२, विश्वभरिमा स्वस्थ र संक्रमणमुक्त समाज निर्माणका लागि जोखिम मोलेर कार्यक्षेत्रमा खटिने नर्सहरुको सम्मानमा विश्व नर्सिङ दिवस मनाईँदैछ । 

नेपालमा पनि कोरोनाविरुद्ध सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाईँदैछ ।

यस वर्ष विश्वभरी ‘कोभिड–१९’को महामारी फैलिरहँदा आज यो दिवसमा ‘नर्सेज अ भ्वाइस टु लिड’ नारा दिइएको छ ।

नेपालमा नर्सिङको ईतिहास विसं २०१३ बाट शुरु भएको देखिन्छ । राणाकालमा चारजना नेपाली चेलीहरु विधावती कंसाकार, राधा देवी मालाकार, धर्मदेवी कंसाकार र विष्णुदेवी राईले भारतको अलाहवादवाट स्वास्थ्य सहायकको तालिम लिएको ईतिहास छ ।

अरुलाई स्वस्थ्य बनाउन जोखिम मोलेर सेवामा खटिने स्वास्थ्य परिचारिकाको सम्मान वर्षको हरेक दिन नै गरिनुपर्छ । महामारीको यो समयले आजको दिनको महत्वलाई झनै बढाईदिएको छ ।

रातीको समयमा टुकी वालेर पनि विरामीहरु भएको ठाँउमा पुग्ने संसारकै पहिलो नर्स फ्लोरेन्स नाइटिङ्गेलको जन्म दिवसको अवसरमा मे १२लाई विश्वभरीमै ‘विश्व नसिर्ङ दिवस’को रुपमा मनाईँदै आएको छ ।

त्यसैगरी नर्सिङ बिभाग अन्तर्गत बिभिन्न वार्डमा कार्यरत नर्सिङ स्टाफहरुका तर्फबाट कबिता बाचन, गायन , नृत्य र प्रहसन लगायतका बिबिध मनोञ्जनात्मक कायक्रमहरु पनि प्रस्तुत गरिएको थियो ।

१९औ शताब्दीमा ‘क्रिमियन वार’ हुदाँ फ्लोरन्स नाइटिङ्गेल लगायतका नर्सहरुले युद्धबाट घाइते भएका सैनिकहरुलाई सेवा गरे, त्यो बेला नर्सहरुको लगाव र क्षमता देखेर समग्र विश्व नै चकित भएको थियो । 

त्यस्तै अहिले कोरोना भाइरस कोभिड १९ को महामारी चलिरहदाँ प्रत्येक नर्सहरुले फ्लोरेन्स नाइटिङ्गेलकै इच्छाशक्ति लिएर लडिरहेका छन् । 

सन् १९६५ देखि अन्तर्राष्ट्रिय नर्स परिषद्ले आजको दिनलाई विश्व नर्सिङ दिवसको रुपमा मनाउन थालेको हो । 

नेपालमा राष्ट्रिय नर्सिङ दिवस भने प्रत्येक वर्ष माघ १५ गते मनाउने गरीएको छ ।

यसै सन्दर्भमा कोरोना महामारीविरुद्धको मोर्चामा अग्रपंक्तिमा रहेर स्वास्थ्य सेवामा खटिएका सम्पूर्ण नर्सहरुलाई आजको यो दिवसको शुभकामना छ । यहाँहरुको योगदान, तपस्याको हामीले भुल्ने छैनौं । शुभकामना साथै धन्यवाद विश्वका सम्पूर्ण नर्सहरुलाई ।

Categorized in समाज