अन्तर्राष्ट्रिय युवा दिवस : श्रमका लागि युवा विदेशिन बाध्य
SamacharDesk – Ram Dangol | २०८१ श्रावण २८, सोमबार

आज अन्तर्राष्ट्रिय युवा दिवस । अन्य वर्षहरू झैँ यस वर्ष पनि अगस्त १२ का दिन संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ ।
व्यक्ति, परिवार, समुदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्शाउन हरेक वर्ष संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ ।
यो दिवसले अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लैजान युवा सहभागितालाई थप सक्रिय गर्ने नवप्रवर्तनात्मक उपाय तथा हुनसक्ने परिवर्तनलाई पनि उजागर गर्छ । यस अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
नेपालको सन्दर्भमा युवा लक्षित गरी सरकारले ल्याइएका कार्यक्रम कार्यान्वयन प्रभावकारी नहुँदा युवाका मुद्धा अपेक्षाकृतरुपमा सम्बोधन हुन नसकेको युवाहरुको गुनासो छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका युवाको जनसंख्या ४२ दशमलव ५६ प्रतिशत अर्थात् एक करोड २४ लाख १२ हजार १७३ रहेको छ । जनसांख्यिक हिसाबले युवाको जनसख्या धेरै रहेको छ ।
सरकारले विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउन थालेको २० वर्ष पुग्न थालेको छ । अहिले युवाको मुख्य समस्या भनेकै देशभर व्याप्त बेरोजगार रहेको छ । स्वदेशमा रोजगारी र उद्यमशीलताको अवसर नहुँदा वार्षिक सात लाखभन्दा बढी युवा रोजगारीका लागि तेस्रो मुलुकमा आप्mनो पसिना बगाउन बाध्य रहेको छ ।
देश विकास गर्ने मुख्य शक्ति भनेको युवा शक्ति हो तर नेपाल सरकारको युवाहरु उत्थानका लागि आवश्यक नीतिनियम तथा स्वरोगारका परियोजनाहरु व्यवस्थित नहुँदा नेपालका युवाहरु रोजगारकै लागि खाडी मुलुकहरुमा श्रम गर्न बाध्य भइरहेको छ ।
जसले युवाजनशक्तिको कमीले उत्पादन बढाउन सकेको छैन भने भएका कलकारखानाहरु पनि बन्द हुनुपर्ने अवस्था सिर्जना भएको छ । देशको अर्थतन्त्र यिनै युवाहरुको रेमिट्यान्सले चलेको तथ्यांक रहेको छ ।
सरकार देशमा रहेका युवाशक्तिलाई स्वदेशमै उपयोग गर्नुको साटो विदेश पठाएर रेमिट्यान्स कमाउन तल्लिन रहेका छन् । उसले बढी भन्दा बढी खाडी मुलुकहरुमा श्रम सम्झौता गरी युवा शक्तिहरुलाई झन् मुलुकमा कुनै अवसर छैन, श्रम गर्न तस्रो मुलुकमै जान प्रोत्साहित गरेको देखिन्छ ।
देशमा आवश्यक जनशक्ति नै नहुँदा उत्पादन शुन्य प्राय रहेको छ । दैनिक जीवनयापनका वस्तुहरुको लागि समेत विदेशमा परनिर्भर रहनु परेको छ ।
जसले नेपालले उत्पादन शुन्य हुँदा हरेक वस्तुको लागि बाहिरी मुलुकबाट आयात गरेपछि सरकारको व्यापार घाटा हरेक वर्ष वृद्धि हुँदै गएको छ ।
तसर्थ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सरकारले युवा शक्तिहरुलाई स्वदेशमै उत्पादनशील क्षेत्रमा लगाउने योजनाहरु तर्जुमा गर्नुपर्ने आजको अवस्थामा अत्यन्त जरुरी देखिएको छ ।
नेपालमा यसवर्ष ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि ः डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने मूल नाराका साथ दिवस मनाईदैछ ।
यसै अवसरमा आज विहान युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा प्रभातफेरिको आयोजना गरियो । ¥याली शान्तिवाटिकामा पुगेर समापन भएको थियो ।
Categorized in राष्ट्रिय