पन्जाबलाई हराउँदै चेन्नाईको पहिलो जित
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख ४, शनिबार

इन्डियन प्रिमियर लिग आईपीएलमा चेन्नाई सुपरकिंगस्ले पहिलो जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा पन्जाब किंगस्लाई ६ विकेटले हराउँदै चेन्नाईले पहिलो जित निकालेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले १०७ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याएको चेन्नाईले ४ विकेट गुमाएर २६ बल अगाडि पुरा गर्यो ।
चेन्नाईका लागि मोइन अलिले सर्वाधिक ४६ रन बनाए । उनले ३१ बलमा ७ चौका र १ छक्का प्रहार गरेका थिए ।
फाफ डू प्लेसीले ३३ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३६ रन नटआउट खेले भने अन्य खेलाडीले दोहोरो रन बनाउन सकेन ।
यसअघि पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो ।
पन्जाबका लागि शाहरुख खानले सर्वाधिक ४७ रन बनाए । उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरेका थिए ।
यस्तै झाए रिचर्डसनले १५, क्रिस गेलले १० र दिपक हुदाले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो रन बनाउन सकेन ।
बलिङमा चेन्नाईका दिपक चाहरले ४विकेट लिए । मोइन अलि, साम कुरन र ड्वेन ब्रावोले समान १–१ विकेट हात पारे ।
यता पन्जाबका लागि मोहम्मद शमीले २, अर्शदिप सिंहले १ र मुर्गन अश्वीनले १ विकेट लिए ।
Categorized in स्पाेर्ट्स