मुम्बई इन्डियन्सले कोलकता नाइटराइडर्सलाई हरायो
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख १, बुधबार

आइपिएल क्रिकेटमा मुम्बई इन्डियन्सले कोलकता नाइटराइडर्सलाई हराएको छ ।
मंगलबार राति भएको खेलमा मुम्बईले कोलकतालाई १० रनले हराएको हो ।
टस हारेर पहिलो ब्याटिंग गरेको मुम्बईले निर्धारित २० आभरमा १५२ रन बनाउँदै १५३ रनको लक्ष्य दिएको थियो ।
लक्ष्य पछ्याएको कोलकताले २० ओभरमा ७ विकेटको क्षतिमा जम्मा १४२ रन मात्र जोड्न सफल भयो ।
मुम्बई लागि सूर्यकुमार यादवले ५६ रन र ओपनर रोहित शर्माले ४३ रन जोडे भने अन्य ब्याट्सम्यान सस्तैमा आउट भए ।
यता कोलकताका ओपनर नितिन रानाले ५७ रन र शुभमान गिलले ३३ रनको योगदान दिए । तर अन्य कोही ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सफल भएनन् ।
बलिङमा मुम्बईका राहुल चाहरले ४ विकेट लिए । ट्रेन्ट बोल्टले २ र क्रुनाल पाण्डेको नाममा १ विकेट हात पारे ।
यस्तै कोलकताका आन्द्रे रसेलले २ ओभरमा १५ रन दिँदै ५ विकेट लिए । पाट कमिङ्ग्सले २ विकेट हात पारे ।
Categorized in स्पाेर्ट्स