इन्डियन प्रिमियर लिग (आईपीएल) सुरु, रोयल च्यालेन्जर बेंगलोर विजय
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ चैत्र २८, शनिबार

भारतमा १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) सुरु भएको छ ।
भारतमा हाल कोराना भाइरस उत्कर्षमा पुगेका बेला भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले कोरोना प्रोटोकललाई गम्भीर तरिकाले पालना गर्दै आईपीएल टी २० क्रिकेट सुरु गरेको हो ।
गएराति भएको आईपीएलको पहिलो खेलमा रोयल च्यालेन्जर बेंगलोर विजय भएको छ ।
चेन्नाईको एम. ए चिदम्बरम स्टेडियममा भएको खेलमा बेंगलोरले साविक विजेता मुम्बई इन्डियन्सलाई २ विकेटले हराउँदै विजय भएको हो ।
टस हारेर पहिलो ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १५९ रन बनाउँदै बेंगलोरलाई १६० रनको लक्ष्य दिएको थियो । जवाफमा बेंगलोरले २० ओभरमा ८ विकेट गमाउँदै १६० रन बनाएर लक्ष्य पार गरे ।
बेंगलोरको लागि सर्वाधिक रन एबी डि भिलियर्सले बनाएको थियो । उनले २७ बलमा ४ चौका र २ छक्का प्रकार गर्दै ४८ रन बनाएको थियो ।
ग्लेन म्याक्सवेलले २८ बलमा ३ चौका र २ छाक्का प्रहार गर्दै ३९ रन र कप्तान विराट कोहलीले २९ बलमा ४ चौका प्रहार गर्दै ३३ रनको योगदान दिए ।
त्यस्तै ओपनर वासिंटन सुन्दरले १० र रजत पटिदारले ८ रन जोडे ।
यता मुम्बईको लागि कप्तान रोहित शर्मा १९ रनमा रन आउट भएका थिए ।
त्यस्तै क्रिस ल्यान एक रनले अर्धशतक बनाउन चुके । उनले ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४९रनको योगदान दिए ।
तेस्रो नम्बरको ब्याटस्म्यान सूर्यकुमार यादवले ४चौका र १ छक्का हिर्काउँदै २३ बलमा ३१ रन जोडे ।
ईशान किशनले २८ रन जोडे । उनले १९ बलमा २ चौका र १ छक्का प्रहार गरेको थियो ।
बलिङमा बेंगलोरका हर्षल पटेलले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा २७ रन दिएर ५ विकेट लिए ।
वासिंटन सुन्दरले र काइल जैमीसनले १–१ विकेट हात पारे ।
मुम्बईको लागि जसप्रित बुम्राह र मार्को जनसेनले २–२ विकेट लिए भने ट्रेन्ट बोल्ट र क्रुनाल पान्ड्याले १–१ विकेट लिए ।
यो जितसँगै १ खेलमा २ अंक जोड्दै बेंगलोर शीर्ष स्थानमा छ ।
Categorized in स्पाेर्ट्स
