आईपीएलमा विराट कोहलीको नयाँ कीर्तिमान
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख १०, शुक्रबार

रोयल च्यालेन्जर्स बंैग्लोरका कप्तान विराट कोहलीलले आईपीएलमा नयाँ कीर्तिमान रचेका छन् ।
कोहलीले आईपीएलमा ६ हजार रन पूरा गर्दै नयाँ कीर्तिमान रचेको हो ।
गयराति भएको खेलमा कोहलीले ७२ रन जोड्दै आईपीएलमा ६ हजार रन पार गर्ने पहिलो ब्याट्सम्यान बनेका छ ।
उनले हालसम्म १९६ म्याचमा ५ सतक र ४० अर्धशतकको साथमा ६ हजार २१ रन बनाएका छन् ।
आईपीएलमा सर्वाधिक रन बनाउने क्रममा
दोस्रो– सुरेश रैना– ५ हजार ४ सय ४८ रन
तेस्रो– शिखर धवन– ५ हजार ४ सय २८ रन
चौथो – डेविड वार्नर– ५ हजार ३ सय ८४ रन
पाँचौं– रोहित शर्मा– ५ हजार ३ सय ६८ रन
छैठौं– एबी डिभिलियर्स – ४ हजार ९ सय ७४ रन
सातौँ– क्रिस गेल–४ हजार ८ सय ४८ रन
आठौं– महेन्द्रसिंह धोनी –४ हजार ६ सय ६७ रन
नवौं– रोबिन उथप्पा–४ हजार ६ सय ७ रन
दशौं– गौतम गम्भीर – ४ हजार २ सय १७ रन
Categorized in स्पाेर्ट्स