arin enterprises

इजरायल र इरान युद्धमा होमियो

SamacharDesk | २०८१ बैशाख ७, शुक्रबार

इजरायल र इरान पनि युद्धमा होमिएको छ ।

गत साता सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गर्दा सैन्य कमाण्डरसहित ७ जनाको मृत्यु भएपछि दुई देशबीच शत्रुता बढेको थियो ।

त्यो हत्याको बदलास्वरुप इरानले एक साता अघि इजरायलमा हवाइ हमला गरेको थियो । जवाफी हमलामा इजरायलले पनि इरानमा मिसाइल आक्रमण सुरु गरेको छ ।

अमेरिकी अधिकारीहरुका अनुसार इजरायलले इरानका केही शहरमा क्षेप्यास्त्र आक्रमण गरेको छ । इरानको समाचार एजेन्सीका अनुसार उत्तर पश्चिमी शहर इस्फहान लगायतका प्रान्तहरुमा शुक्रबार बिहान विष्फोटको आवाज सुनिएको छ ।

इस्फहानमा इरानी सेनाको ठूलो एयर बेस छ । परमाणु हतियारसँग सम्बन्धित स्थानहरु पनि यही क्षेत्रमा छन् । इजरायलको हमलाबाट इरानका धेरै मुख्य शहरहरुमा उडान रद्द गरिएको छ ।

इरानले इजरायलबाट हुने जुनसुकै आक्रमणको तत्काल र अधिकतम तहको जवाफ दिने चेतावनी दिईसकेको छ ।

दुई आणविक मुुलुकबिचको युद्धले मध्यपूर्वमा थप ध्रुविकरण निम्तिने निश्चित छ ।

Categorized in अन्तर्राष्ट्रिय