सर्वोच्चमा गोरु व्याएको राप्रपा अध्यक्ष थापाको भनाई
SamacharDesk – बिकाश | २०७८ आषाढ २८, सोमबार

सर्वोच्च अदालतले संसद विघटनको फैसलालाई बदर गर्दै ७ दिन भित्र संसद वैठक आह्वान गर्ने र दुई दिनभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेसँगै यो सम्वन्धी प्रतिक्रियाहरु आउन थालेका छन् ।
एमाले नेता ईश्वर पोखरलले सर्वोच्चको फैसलाले मूलुकमा राजनीतिक अस्थितरताको दुन्दुभी बजाइएको बताएका छन् ।
ट्वीटरमा पोखरेलले यस्तो लेखेका छन् - ‘बुझे हुन्छ, आजको फैसलाद्वारा मुलुकमा राजनीतिक अस्थीरताको दुन्दुभी बजाइयो ...। यसका मतियारहरुले जे सुकै पगडी लगाए पनि इतिहासको कठघरामा अभियुक्त हुनैपर्छ’ ।
बुझे हुन्छ - आजको फैसलाद्वारा मुलुकमा राजनीतिक अस्थीरताको दुन्दुभी बजाइयो ...!यसका मतियारहरूले जे सुकै पगडी लगाए पनि इतिहासको कठघरामा अभियुक्त हुनैपर्छ ।
— Ishwar Pokhrel (@IshwarPokhrel) July 12, 2021
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा गोरु ब्याएको लेखेका छन् ।
‘वरिष्ठ राजनीतिज्ञ स्व. राजेश्वर देवकोटाको शब्द सापटी लिएं– ‘‘सर्वोच्च अदालतमा आज गोरु व्यायो’’ राजनीतिक फैसला, कार्यान्वयनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा’ कमल थापाको भनाई छ ।
Categorized in राजनीतिबरिष्ठ राजनितिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटि लिएं-
— Kamal Thapa (@KTnepal) July 12, 2021
“सर्वोच्च अदालतमा आज गोरू व्यायो”
राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा
