arin enterprises

गाजामा इजरायको जवाफि हमला

SamacharDesk | २०८० आश्विन २६, शुक्रबार

गाजामा इजरायलले जवाफि हमला गरेको छ । इजरायल र हमासबीचको युद्ध छैठौं दिनमा प्रवेश गर्दा इजरायलले हमास विरुद्धको कारबाही जारी राखेको हो ।

इजरायलले गत शनिबार कब्जामा लिएका १ सय ५० जना नागरिकहरुलाई रिहा नगरेसम्म गाजापट्टीमा आक्रमण तीब्र पार्ने घोषणा गरेको छ ।

गाजापट्टीमा इजरायली बमबर्षक बिमानबाट गोलाबारी जारी राखेको छ । उता हमासले भने सर्वसाधारणलाई सुचना नदिइ आक्रमण गरेको खण्डमा आफ्नो कब्जामा रहेकाहरुको हत्या गर्ने चेतावनी दिंदै आएको छ ।

यस्तै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो युद्धमा प्यालेस्टाइन बिद्रोही समुह हमासको नामो निशान मेट्ने दाबी समेत गरे ।

हालसम्म इजरायल र हमासबीचको युद्धमा करिब २५ सयको मृत्यु भइसकेको छ ।

यता इजरायलतर्फ १३ सयको ज्यान जाँदा हमासतर्फ जवाफी आक्रमणमा गाजामा १५ सयको मृत्यु भइसकेको छ ।

दुबैतर्फ गरी आक्रमणमा घाइते हुनेको संख्या ४ हजार बढी पुगिसकेको छ ।

Categorized in अन्तर्राष्ट्रिय