इजरायल र लेबनानबीच थप तीन हप्ता युद्धविराम
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८३ बैशाख ११, शुक्रबार
इजरायल र लेबनानबीचको युद्धविराम थप तीन हप्ताका लागि बढाइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको अवधि तीन हप्ता थप भएको घोषणा गरेका हुन् ।
ह्वाइट हाउसमा भएको वार्तापछि राष्ट्रपति ट्रम्पले यस्तो निर्णय गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएको हो ।
राष्ट्रपति ट्रम्पले लेबनानी राष्ट्रपति जोसेफ आउन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू दीर्घकालीन शान्ति सम्झौताका लागि आउँदो साता ह्वाइट हाउसमा जाने बताए ।
Categorized in अन्तर्राष्ट्रिय




