arin enterprises

स्पेजियामाथि जुेभन्टसको जित

SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ फाल्गुण १९, बुधबार

इटालिएन सिरी ए अन्तर्गत गए रातिको खेलमा जुभेन्टसले स्पेजियाविरुद्धको खेल जितेको छ ।

आफ्नै मैदानमा भएको खेलमा जुभेन्टसले स्पेजियालाई ३–० ले हराएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एल्भारो मोराटाले ६२ औं मिनेटमा जुभेन्टसलाई अग्रता दिलाए । त्यस्तै ७१ औं मिनेटमा फेडेरिको फिएसोले टिमको अग्रता दोब्बर बनाए भने ८९ औं मिनेटमा क्रिस्चियानो रोनाल्डोले गोल गरे ।

जितपछि तेश्रो स्थानमा रहेको जुभेन्टसले २४ खेलबाट ४९ अंक जोडेको छ ।

शिर्ष स्थानको इन्टर मिलान जुभेन्टसभन्दा ७ अंकले अगाडी छ । उसले २४ खेलबाट ५६ अंक जोडेको छ ।

Categorized in स्पाेर्ट्स