ब्रेस्सियाविरुद्ध इन्टरमिलानको गोल बर्षा
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ १८, बिहिबार

इटालियन सिरि ‘ए’ अन्तर्गत बुधबार राति भएको खेलमा इन्टरमिलानले ब्रेस्सिया विरुद्ध सानदार जित हात पारेको छ ।
ज्यूसेप मेजा स्टेडियममा भएको खेलमा इन्टरले ब्रेस्सियालाई ६–० को फराकिलो जित हात पारेको हो ।
खेलमा इन्टरले पहिलो हाफमा ३ र दोस्रो हाफमा ३ गोल गरेको थियो ।
खेलको ५ औ मिनेटमा एश्ले योङले मिलानको खाता खोले । २० औं मिनेटमा पाएको पेनाल्टीलाई एलेक्सिस सान्चेजले गोलमा परिणत गर्दै अग्रता दोब्बर बनाए ।
पहिलो हाफ सकिनै लाग्दा ४५ औं मिनेटमा ड्यानिलो डि’अम्ब्रोसियोले अर्को गोल थप्दै टिमलाई ३–० को नतिजामा पुर्याए ।
दोश्रो हाफमा रोबेर्टो गाग्लीअर्दिनीले ५२ औं मिनेटमा, क्रिस्टियन इरिक्सनले ८३ औं मिनेटमा र एन्टोनियो कान्ड्रेभाले ८८ मिनेटमा गोल गर्दै इन्टरलाई ६–० को फराकिलो नतिजासँगै जित दिलाए ।
बुधबार राति नै भएको अर्को खेलमा बोलोग्ना र क्यालिअरीले १–१ को बराबरीमा खेल्दा ए.सि मिलान र एस.पि.ए.एल ले पनि २–२ गोलको बराबरी खेलेको छ ।
सम्पादोरियाले लेसेलाई १–२ गोलले पराजित गरेको छ । त्यस्तै भोरोनाले पर्मामाथि ३–२ को जित हासिल गर्दा फिओरेन्टीनालाइ सस्सुओलोले १–३ गोलले पराजित गरेको छ ।
बुधबारका खेलहरुपछि इन्टर २९ खेलबाट ६४ अंक जोड्दै तेस्रो स्थानमा छ । समान खेलबाट ७२ अंक जोडेको युभेन्ट्स शीर्ष स्थानमा छ भने दोस्रो स्थानको लाजियोको ६८ अंक छ ।
Categorized in स्पाेर्ट्स