arin enterprises

फेवातालमा ट्राइथोलन खेलमा जापान र काजकिस्तान विजयी

SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७८ चैत्र २३, बुधबार

पोखरामा सम्पन्न एशियन ट्राइथोलन एण्डं दक्षिण एशियाली ट्राइथोलन च्याम्पियनसीपको उपाधि पुरुष तर्फ जापान र महिला तर्फ काजकिस्तानले जितेको छ ।

ट्राईथोलन अन्तर्गतको स्प्रिन्ट विधामा पुरुषतर्फ जापानका जेन्ता भेकहिडाले जितेका हुन् । भेकहिडाले पौडी ७५० मिटर, साईक्लिङ्ग १० किलोमिटर र दौड ५ किलोमिटरको दूरी ५३ मिनेट १४ सेकेण्डमा पुरा गर्दै स्वर्ण जितेका हुन् ।

त्यस्तै जापानकै क्योतारो योसहिकावाले ३५ मिनेट २२ सेकेण्डमा दुरी पार गर्दै रजत जिते भने अष्ट्रियाका लेवन पउगरले काँस्य पदक जिते । पउगरले ५३ मिनेट ३६ सेकेण्डमा दुरी पार गरेका थिए ।

महिलातर्फ स्वर्ण पदक जितेकी काजकिस्तानकी इकातेरिना शाबालिनाले एक घण्टा २ मिनेट २० सेकेण्डमा निर्धारित दुरी पार गरिन् ।

एक घण्टा २ मिनेट ५३ सेकेण्डमा दुरी पार गरेकी जापानकी हिराकु फुकुओकाले रजत पदक जितिन । त्यस्तै काँस्य पदक जित्ने काजकिस्तानकी नाडेजाडा बेकमागान बेटोभाले एक घण्टा ४ मिनेट १४ सेकेण्डमा दुरी पार गरिन् ।

विजयी प्रतियोगीहरुलाई युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले विजेतालाई पुरस्कार वितरण गरे ।

प्रतियोगितामा जापान, अष्ट्रिया, पोल्याण्ड, काजाकिस्तान, भारत, बंगलादेश र नेपाल गरि ७ राष्ट्रका पुरुष तर्फ ३७ र महिला तर्फ २२ खेलाडीको सहभागिता रहेको थियो ।

पोखाराको पर्यटकिय स्थल फेवातालमा सम्पन्न प्रतियोगितामा फेवातालमा पौडी, मुख्य सडकमा साइक्लिङ्ग र दौडको व्यवस्था मिलाइएको थियो । नेपाल ट्राइथोलन एसोसियनले प्रतियोगिता आयोजना गरेको हो ।

Categorized in स्पाेर्ट्स