जापानमा गएको ७.६ रेक्टरको भूकम्पबाट मर्नेको संख्या ३० पुग्यो
SamacharDesk | २०८० पौष १७, मंगलबार

जापानको इशिकावा प्रान्तको नोटो प्रायदीप केन्द्रविन्दु भई ७.८ म्याग्निच्युडको भूकम्पमा परी मर्नेको संख्या ३० पुगेको छ ।
मध्य जापान र वरपरका क्षेत्रमा ठुलो भूकम्प गएपछि इशिकावा प्रान्तमा कम्तीमा ३० व्यक्तिको मृत्यु भएको बीबीसीले जनाएको छ ।
जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई समयसँगको लडाइको संज्ञा दिँदै सरकारले भूकम्प प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने बताउनु भयो ।
जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई २०२४ नोटो प्रायद्वीप भूकम्पको नाम दिएको छ ।
सोमवारदेखि जापानमा १ सय ५५ पराकम्प गएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय