arin enterprises

विश्वकप छनौटमा: जापानको गोल बर्षा

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ चैत्र १८, बुधबार

फिफा विश्वकप २०२२ को एसियन क्वालिफायर छनौट अन्तर्गतको खेलमा जापानले गोलको बर्षा गरेको छ ।

मंगलबार भएको समूह ‘एफ’ को खेलमा जापानले मंगोलियालाई १४–० गोलले पराजित गरेको हो ।

घरेलु मैदान फुकु–अरीमा जापानले खेलको पहिलो हाफमा पाँच गोल र दोस्रो हाफमा नौ गोल गरेको थियो ।

उक्त खेलमा जापानका लागि युया ओसाकोले ह्याट्रिक गरे ।

शो इनागाकी, जुन्या इतो र क्योगो फुरुहाशीले दुई–दुई गोल गर्दा ताकुमी मिनामानो, डिइची कामादा, हिडेमासा मोरिता र ताकुमा असानोले एक एक गोल गरे ।

मंगोलियाका तुयाले एक आत्मघाती गोल थप्दा जापान १४–०ले विजय भयो ।

समूह ‘एफ’ मा जापानले पाँच खेलमा १५ अंक जोडेर शीर्ष स्थानमा छ भने मंगोलिया ७ खेलमा ३ अंक जोडेर पाँचौ स्थानमा छ ।

Categorized in स्पाेर्ट्स