arin enterprises

जसपा काठमाडौं जिल्ला अध्यक्ष प्रजापतिलाई मातृशोक

SamacharDesk – बिकाश | २०७७ माघ ९, शुक्रबार

जनता समाजवादी पार्टी (जसपा) का काठमाडौं जिल्ला अध्यक्ष श्यामकृष्ण प्रजापतिकी आमा लक्ष्मी प्रजापतिको निधन भएको छ ।

प्रजापतिकी आमा लक्ष्मी प्रजापतिको आज विहान ३ बजे ६० वर्षको उमेरमा निधन भएको हो । उनको हृदयघातका कारण मृत्यु भएको हो ।

विहान ३ बजे एकाएक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र लगिएको थियो । त्यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

स्वर्गीय प्रजापतिको आजै काठमाडौं ईन्द्रायणीमा अन्त्येष्टि सम्पन्न भएको छ । स्वर्गीय प्रजापतिलाई उनका सुपुत्र श्यामकृष्णले दागबत्ती दिएका थिए ।

उनको जन्म २०१७ सालको माघ महिनामा भएको थियो । उनका एक छोरा श्यामकृष्ण र एक छोरी छन् ।

जसपा काठमाडौं जिल्ला अध्यक्ष प्रजापतिका बुवाको १५ महिना अघिमात्रै निधन भएको थियो ।

Categorized in समाज