arin enterprises

जीप दुर्घटनामा दम्पत्तिसहित ३ को मृत्यु

SamacharDesk | २०८१ मङ्सिर २९, शनिबार

बुटवलको तिनाउ पुलमा बलेरो जिप दुर्घटना हुँदा एक दम्पतीसहित ३ जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गको तिनाउ पुलमा बलेरो जिप अनियन्त्रित भई पल्टिँदा दम्पत्तीसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

नयाँगाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल आउँदै गर्दा जिप अनियन्त्रित भई पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा बुटवल–१२ नयाँगाउँकी ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपाने रहेका छन् ।

शव पोष्टमार्टमा लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।

Categorized in समाज